‘नाईँ नभन्नू ल ६’को डान्सिङ गीत ‘तलाउमा ढुंगा नहान’ सार्वजनिक

काठमाडौँ - रिलिजको संघारमा रहेको फिल्म ‘नाईँ नभन्नू ल ६’ले तेस्रो गीत सार्वजनिक गरेको छ । ‘तलाउमा ढुंगा नहान’ बोलको गीत डान्सिङ शैलीको छ । गीतमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्री र आँचलले नृत्य गरेका छन् ।
मेलिना राई र राजनराज सिवाकोटीको स्वर रहेको गीतमा वसन्त सापकोटाले संगीत दिएका छन् । रचनाकार पनि सापकोटा स्वयं हुन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।यसअघि निर्माण टिमले ‘दिउँला माया’ र शीर्ष गीत सार्वजनिक गरेका थिए ।
विकाश आचार्यको निर्देशन रहेको फिल्म वैशाख १ मा सार्वजनिक प्रदर्शन हुँदैछ । फिल्मलाई झापा, इलामका रमणीय ठाउँमा सुटिङ गरिएको छ । फिल्मको केही भाग काठमाडौँमा सुटिङ गरिएको हो ।आशिवार्द र आँचलबाहेक फिल्ममा प्रियंका कार्की, सरोज खनाल, अथर्व लुइँटेल, एभलिना खड्का आदिको अभिनय रहेको छ । फिल्ममा अनुभव रेग्मी अतिथि भूमिकामा रहेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया