‘अंगूर’ रिमेकमा ज्याकलिन ?

‘सूर्यवंशी’ बनाउनुभन्दा अघि रोहित सेठ्ठीले ‘रामलखन’को रिमेक बनाउने चर्चा थियो । यसका लागि उनले रनवीर सिंह र वरुण धवनलाई अनुबन्ध गरेको खबर बाहिरिएको थियो । तर, यो फिल्म बनाउनुभन्दा अघि नै उनले ‘सूर्यवंशी’ बनाए । कोभिड १९ का कारण ‘सूर्यवंशी’ को प्रदर्शन मिति सरेको सर्यै छ । नयाँ घोषित मिति अनुसार फिल्म अबको क्रिसमसमा रिलिज हुनेछ ।
तर, यो फिल्मपछि उनले ‘अंगूर’को रिमेक बनाउने र यसका लागि रनवीर सिंहलाई मुख्य भूमिकामा लिएको चर्चा छ । रोहित सेठ्ठीले खबरको निधो गरेका त छैनन् तर चलेको हल्ला अनुसार उनले रनवीरको जोडीको रुपमा ज्याकलिन फर्नान्डिजलाई समेत अनुबन्ध गरिसकेका छन् ।
सन् १९८२ मा रिलिज भएको ‘अंगूर’लाई गुलजारले निर्देशन गरेका हुन् । फिल्ममा संजिव कुमार र देवेन बर्माले दोहोरो भूमिका निर्वाह गरेका छन् । फिल्ममा रनवीर सिंह संजिव कुमार झैं दोहोरो भूमिकामा देखिनेछन् । रोहितले यो फिल्म ५ वर्षअघि देखि बनाउन चाहेको चर्चा थियो ।
फिल्मको मुख्य भूमिकाका लागि शाहरुखले पनि रुचि राखेका थिए । तर, डेट नमिलेपछि शाहरुख पछि हटेका थिए । फेरि पनि शाहरुखले नभ्याउने भएपछि उनको ठाउँमा रोहितले रनवीरलाई लिएका हुन् । यतिबेला ज्याकलिन भने फिल्मविहिन छन् । गत साल उनी अभिनित दुई फिल्म नेटफ्लिक्समा रिलिज भएका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया