कोरोनाविरुद्ध भ्याक्सिन उपलब्ध गराउन एडीबीले छुट्यायो २ करोड डलर

काठमाडौं । एसियाली विकास बैंकले यसका सदस्यहरुमध्ये विकासशील राष्ट्रमा कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सहयोग स्वरुप २ करोड ३ लाख अमेरिकी डलर विनियोजन गरेको छ । कोभिड–१९ विरुद्धको भ्याक्सिन समानरुपमा र प्रभावकारी ढंगले आपूर्ति हुने व्यवस्था मिलाउन एडीबीले सहयोग गर्न लागेको हो ।
भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी ढंगले आपूर्ति गर्न सम्बन्धित सदस्य राष्ट्रहरुको तत्परता अभिवृद्धि गर्ने एडीबीले जनाएको छ । स्वास्थ्यकर्मीको सीप विकास, जोखिम सम्बन्धि सूचना प्रवाह, भ्याक्सिन आपूर्तिमा आवश्यक तापक्रमसम्बन्धि मापदण्ड र चिस्यान केन्द्रको सञ्जाल, यथार्थ समयको तथ्यांक संकलन र अनुगमनलाएई महत्व दिइएको छ । नवप्रवर्तनमा आधारित सुलभ र सरल चिस्यान सञ्जालको पहिचान गरी सो मार्फत् भ्याक्सिन आपूर्तिको व्यवस्था मिलाउनुपर्ने एडीबीले उल्लेख गरेको छ ।
एसिया प्रशान्त क्षेत्रमा कोभिड–१९ को संक्रमणलाई एक हदसम्म नियन्त्रण गरिएको छ । आगामी दिनमा भाइरसमाथि विजय प्राप्त गर्न सुरक्षित, प्रभावकारी र भ्याक्सिनमा समान पहुँच हुनुपर्नेछ । एडीबीको दीगो विकास र जलवायु परिवर्तन विभागका महानिर्देशक वूचोङ्ग उमले थप अनुदान सहयोगमार्फत् एडीबीले आफ्ना विकासशील सदस्य देशहरुलाई भ्याक्सिन वितरणको रणनीति निर्माण गर्न र निष्पक्ष, प्रभावकारी र सुरक्षित ढंगले भ्याक्सिन वितरण हुने आधार निर्माण गर्न खोजेको बताए ।
एडीबीको यो सहयोग युनिसेफ र विश्व स्वास्थ्य संगठनले विश्व बैंक, कोभ्याक्स, गाभी– भ्याक्सिन अलाइन्ससँगको समन्वयमा कार्यान्वयन गर्नेछन् । एडीबीले प्राविधिक सहायता विशेष कोषमार्फत् यो सहयोग दिन लागेको हो । एडीबीले यसअघि अप्रिल महिनामा कोभिड–१९का मानवीय, आर्थिक र सामाजिक प्रभावसँग जुझ्नका लागि सदस्य राष्ट्रहरुलाई सहयोग गर्न २० अर्ब अमेरिबी डलरको सहायता प्याकेज घोषणा गरेको थियो । सन् १९६६ मा स्थापना भएको बहुपक्षीय दातृ निकाय एडीबीका ६८ सदस्यमध्ये एसिया प्रशान्त क्षेत्रका ४९ राष्ट्र सदस्य छन् ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया