आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन पर्छ : विप्लव

फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

जनताको चित्त बुझाउने गरी किराँत, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको जिकिर थियो । श्रमिक समुदाय मोर्चा, नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभइ स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरूको नाम राख्न उपयुक्त हुने तर्क समेत गरे ।

उनले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादिरहेको आरोप पनि लगाए ।

महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने पटकपटक दोहोर्‍याए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराए ।