रैथाने विश्वविद्यालय खोल्ने मन्त्रीकाे घोषणाबारे केसीकाे प्रश्न : रैथाने विश्वविद्यालय भनेको के हाे र कस्तो हुन्छ ?

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको बताएका छन् ।
मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गरे ।
केसीले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको जिकिर गरे । उनले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताए । उनले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी गरे ।
नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतीको विषय बनेको बताए । उनले नेपालमा रैथाने विश्वविद्यालय खोल्ने घोषणा मन्त्रीले गरेको भन्दै रैथाने विश्वविद्यालय भनेको के र कस्तो हुन्छ ? भन्दै प्रश्न गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया