'समाज र नागरिकलाई सभ्य बनाउन खेलाडीहरू अनुशासित हुन आवश्यक'

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकहरूलाई सभ्य बनाउन खेलाडीहरू अनुशासित हुन आवश्यक रहेको बताएका छन् ।
मंगलबारबाट काठमाडौँमा सुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता सिंहले जुनसुकै विधाका खेलाडीहरू पनि अनुशासित भएर खेलमा प्रस्तुत हुँदा उनीहरूका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने बताए ।
खेलाडीहरूबाट अनुशासित नागरिक उत्पादन गर्न सकिने उनकाे भनाइ छ । उनले खेलले स्वस्थ बनाउने मात्रै नभइ समाज सभ्य राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेता सिंहले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलाडीहरू उत्पादन स्थल भएको र यस प्रतियोगिता खेलाडीहरूका लागि पनि राष्ट्रिय स्तरमा छनोट हुने माध्यम बन्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया