राजेशपायल राई नगर सद्भावना दुत नियुक्त

खोटाङ- चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दुत नियुक्त भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको हो ।
‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा नगर सद्भावना दुत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दुतको रुपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश–विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ ।’
नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ/विज्ञ समूह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाहकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।
नगरपालिकामा देशका वरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए ।
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_FObzB4ezS5_mfat23obsc0jt5e5zasmcbyr7cswfasv0idlrvls8q1xpsbcf6dbsz6f7ejt.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

प्रतिक्रिया