काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने

काठमाडौँ - स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानको आयोजनामा बैशाख पहिलो साता काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने भएको छ ।
इपानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हरित ऊर्जाको बजार विस्तारिकण भन्ने नाराका साथ पावर समिट बैशाख ५ र ६ गते काठमाडौंमा हुने जानकारी गराएको हो । ३० भन्दा बढि देशका ३०० अन्तराष्ट्रिय प्रतिनिधिसहित सरकारका उच्च अधिकारी, विद्युत उत्पादकहरु, वित्तीय संस्थाहरू लगायतका प्रतिनिधिको सहभागिता हुने पावर समिटको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने इपानले जनाएको छ ।
आठौं संस्करणको पावर समिट ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सञ्जाल बनाउने र एक अर्काबाट अनुभव आदान प्रदान गर्ने ठूलो अवसर भएको इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिए । सम्मेलनका क्रममा नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौताका लागि एमओयुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने सम्मेलनले नवीकरणीय ऊर्जाको विकास र बजार विस्तारका लागि अन्य सम्झौता र समझदारीमा हस्ताक्षर गरिने आचार्यले बताए ।
अहिलेको अवस्थामा उत्पादनसंगै खपत बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । अहिलेको अवस्थामा विद्युत प्राधिकरणलाई मात्रै बिद्युतको व्यापार गर्ने एकाधिकार रहेको र प्राधिकरणले ६८ सालमा तोकिएको विद्युत खरिद रेट अहिलेसम्म कायम रहेपनि निजी क्षेत्र उत्पादनमा लागिरहेको उनले बताए ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया