वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं - जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो ।
जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । उनकी श्रीमतीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले न्यायाधीश गिरीविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेअनुसार अदालतले दिएको हो ।
यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नीविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया