बाबुराम निवासमा जसपा पदाधिकारी बैठक

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक सुरु भएको छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको निवास टोखामा बैठक सुरु भएको जसपाका एक नेताले जानकारी दिए ।
आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मतदान नगर्ने र तटस्थ बस्ने खबर सुनाएर आएका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसहितको बैठक सुरु भएको हो । बैठकमा महन्थ, महतोसहित डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतका नेता सहभागी छन् ।
जसपाकै संघीय परिषद् अध्यक्ष भट्टराई र अर्का अध्यक्ष यादव प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको मत दिनुपर्ने र नयाँ सरकार गठन हुनुपर्ने कुरा उठाउँदै आएका छन् । आजको पदाधिकारी बैठकले के निर्णय गर्छ भनेर चासोका साथ हेरिएको छ । अध्यक्ष ठाकुर सुरुदेखि नै ओली सरकारमा जाने विषयमा सकरात्मक भएपनि पार्टीमा बहुमत जुटाउन नसकेपछि ब्याक भएर तटस्थ हुने निर्णय लिएका हुन् ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया