खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौँ । सत्तारुढ नेकपा एमालेको खनाल नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । आफ्ना पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुको सामूहिक राजीनामा बुझाउने विषयमा भर्चुअल बैठक जारी रहेको नेताहरुले बताएका हुन् ।
सांसद विरोध खतिवडाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआएपछि राजीनामा दिनुपर्ने निचोडका साथ छलफल भइरहेको बताउँछन् ।
नेपाल समूहकै केही सांसदले भने राजीनामा दिन नहुने बताउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बैशाख २७) प्रतिनिधि सभामार्फत विश्वासको मत लिने कार्यसूची तय भएको छ । एमालेकै नेपाल समूहभित्र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नहुने मत धेरै छ ।
आजमात्रै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत नदिने बताउँदै तटस्थ बस्ने जानकारी गराएको थियो । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा अहिले पदाधिकारी बैठक जारी छ ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया