ओलीले भने : सत्ता गठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् ।
बिहीबार पार्टी निकट पेशागत महासंघ, नेपालको महाधिवेशन उद्घाटन गर्दै ओलीले यसअघि प्रधानन्यायाधीशलाई महाभियोग लगाउने गठबन्धन नै अहिले रहेकाले कुनै पनि बेला सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन् । अहिलेको गठबन्धनसँग लाजशरम भन्ने नै नरहेको संसद्मा २५ प्रतिशत र बहुमतको बल देखाउन सक्ने उनको भनाइ छ ।
ओलीले यसअघि गठबन्धनले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन धेरै पटक खोजेको भए पनि सफल हुन नसकेको बताए । उनले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याएर नियतवश नै सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको जिकिर गरे । उनले गठबन्धनको सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा गर्न नसक्ने र गठबन्धन अस्थायी भएको धारणा राखे ।
ओलीले जनताको मत जितेर एमाले अहिलेको अवस्थामा आएको भन्दै सरकारलाई खबरदारी गरिरहने उल्लेख गरे । अध्यक्ष ओलीले अहिलेको सरकार आउनेबित्तिकै विभिन्न निकायमा अनावश्यक भर्ना, नियुक्ति गरेर तमासा देखाएको जिकिर गरे । उनले यसअघिको समाभुखले एउटा पक्षको प्यादाका रूपमा काम गरेको र पदीय मर्यादालाई माटोमा मिलाउने काम गरेको आरोप लगाए ।
उनले सिंगो कर्मचारीतन्त्रको इन्जिनका रूपमा काम गर्न संगठनलाई सुझाव दिनए । कर्मचारीतन्त्रमा सेवाभावको कर्तव्य पूरा गर्नका लागि अघि बढ्न उनले आग्रह गरे । ओलीले सेवा दिने कर्मचारीले कसैमाथि आस्थाका आधारमा भेदभाव गर्न नहुने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया