चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

काठमाडौँ - परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन् ।
चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदान–प्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
उक्त अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, मन्त्रालयका सहसचिव लोकबहादुर थापा, दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो । परराष्ट्र सचिव पौडेल परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बेइजिङ पुगेका हुन् । रासस

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया