निषेधाज्ञापछि निरन्तर खस्किँदै सेयर बजार, आइतबार पनि घट्यो नेप्से

काठमाडौं : सरकारले निषेधाज्ञा लगाएपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । देशभर विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी भएपछि आर्थिक क्रियाकलाप खुम्चिएको छ । व्यवसाय ठप्प हुँदा आम्दानीको स्रोत खस्किएपछि लगानीकर्ताहरू आफूसँग भएको सेयर बेचेर नियमित खर्च टार्न थालेका छन् । यसले सेयर बजारमा लगातार ओरालो लागिरहेको छ ।
निषेधाज्ञापछि खुलेको पहिलो कारोबारमा नेप्से २४ अंकले बढेको थियो । तर, त्यसपछिका कारोबारहरूमा नेप्से लगातार ओरालो लागिरहेको छ । करिब एक सातामा सेयर बजारले ५२.८८ अंक गुमाएको छ । आइतबार नेप्से परिसूचक २६१८.५६ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका सबै समूहका परिसूचक ऋणात्मक छन् । सेयर मूल्य बढेका समता लघुवित्त र रु रु जलविद्युत कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्यमा वृद्धिदर न्यून छ ।
महिला लघुवित्तको सेयर मूल्य घटेर सर्किट ब्रेकर लागेको थियो । विशाल बजार कम्पनी, सिंगटी हाइड्रोपावर र युनियन हाइड्रोपावरको सेयर मूल्यमा पनि भारी गिरावट आएको छ । ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ७५ हजार ४६ पटकको कारोबारमा एक करोड २७ लाख कित्ता सेयर किनबेच भएको छ ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया