किरण चेम्जोङलाई समेट्दै पञ्जावले घोषणा गर्यो सुपर कपका लागि टिम

काठमाडौँ- भारतको राउन्डग्लास पञ्जाव एफसीले सुपर कप २०२३ फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई समेट्दै २६ सदस्यीय टिमको घोषणा गरेको छ ।
२०२२-२३ को आई-लिग च्याम्पियन पञ्जावले सुपर कपअन्तर्गत शनिबारबाट सुरु हुने समूह चरणको खेलका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको आईएएनएसले जनाएको छ ।
सुपर कपको समूह ‘ए’ मा पञ्जावसँगै केरला ब्लास्टर एफसी, बेंग्लुरु एफसी र श्रीनिदी डेक्कन एफसी रहेका छन् । सुपर कपको फाइनल अप्रिल २५ मा हुनेछ ।
पञ्जावमा किरणसँगै अर्जेन्टिनाका जुआन कार्लोस नेलार, स्पेनका जुआन मेरा, सर्वियाका अलेक्जान्डर इग्नजाटोभिक र स्लोभेनियाका लुका माजेन पनि रहेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया