स्वर्णिमप्रति नेता कोइरालाको कटाक्ष : अवसरवादीहरूबाट जोगिनुहोस्

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन् । उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरू सावधान हुनुपर्ने बताए ।
उनले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईँहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो ।’
नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न गर्न पनि शुभकामना व्यक्त गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया