प्रधानमन्त्री प्रचण्डको कामकारबाही हेर्दा आत्मविश्वास नभएको जस्तो देखिन्छ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अब प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमलाई संसद्मा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताए ।
साझा न्यूनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रित हुनुपर्ने उनकाे भनाइ छ । थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टिम बनाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्रीको कामकारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरे ।
थापाले जनतालाई प्रत्यक्ष अनुभव हुने गरी काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया