नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका सात विद्यालयमा शुक्रबार थप १७९ जना अनुपस्थित

विराटनगर- बिहीबार एसईई परीक्षामा सम्मिलित दुई सय नक्कली परीक्षार्थी पक्राउ परेका मोरङका तीन विद्यालयमा शुक्रबारको परीक्षामा थप ६७ सहित कूल १७९ विद्यार्थी अनुपस्थित भएका छन् ।
मोरङमा सात वटा विद्यालयमा खुल्ला शिक्षा कार्यक्रम संचालित छन् । बिहीबार तीन वटा विद्यालयको अनुगमनमा दुई सय नक्कली परीक्षार्थी पक्राउ परेपछि शुक्रबार बाँकी चार वटा विद्यालयमा समेत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पक्राउ पर्ने डरले शुक्रबारको स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षामा खुल्ला तर्फकै १७९ विद्यार्थी परीक्षामा अनुपस्थित भएका हुन् । बिहीबार १२७ जना नक्कली परीक्षार्थी पक्राउ परेको केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक मावि परीक्षा केन्द्रमा शुक्रबार थप २५ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
५३ जना विद्यार्थी पक्राउ परेको मोरङको ग्रामथान गाउँपालिका–२ सरस्वती मावि झोराहाटमा थप ८ जना र २० जना परीक्षार्थी पक्राउ परेको सुन्दरहरैंचा नगरपालिकाको जनता मावि पचाममा थप ३४ जना अनुपस्थित भएको जनाइएको छ ।
बिहीबारको अनुगमनमा धनपालथानस्थित सर्वोदय मावि परीक्षा केन्द्रमा मात्रै ७४ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमले जानकारी दिए । त्यसैगरी धनपालथानकै सरस्वति मावि परीक्षा केन्द्रमा ३४ र बेलबारी नगरपालिकाको भगवति मावि परीक्षा केन्द्रमा ४ जना गरी कूल १७९ परीक्षार्थी अनुपस्थित भएका छन् । समन्वय इकाइ प्रमुख गौतमका अनुसार अनुपस्थित सबै परीक्षार्थी खुल्लातर्फका हुन् ।
उनले शनिबार र आइतबारका बाँकी विषयका परीक्षाहरूमा पनि उनीहरू अनुपस्थित भए अनुपस्थित हुने सबै परीक्षार्थीको परीक्षा रद्द गर्नेबारे छलफल भइसकेको जानकारी दिए ।
विज्ञान सामाजिक विषयको परीक्षा दिन केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक मावि परीक्षा केन्द्रमा परीक्षार्थीहरूले सार्वजनिक बस रिजर्भ गरेर आउने गरेका थिए । उनीहरू मध्ये बिहीबार एकै दिन १२७ जना पक्राउ परे ।
उक्त परीक्षा केन्द्रमा २९८ विद्यार्थी परीक्षामा सहभागी थिए । सार्वजनिक मावि परीक्षा केन्द्रमा केराबारी–८ स्थित मच्छिन्द्र माविमा संचालित खुल्ला शिक्षा कार्यक्रम अन्तरगत रजिष्ट्रेसन फारम भरेका झापा, पाँचथर र तेह्रथुम लगायत जिल्लाका १८८ जना परीक्षार्थीहरू परीक्षामा सहभागी थिए ।
परीक्षामा सहभागी भएका फर्जी विद्यार्थीहरू मध्ये केहीले आफ्नो काकाकाकी, दाजु र छिमेकीको परीक्षा दिन आएको बताएका छन् । केहीले आफू त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विज्ञान विषयको विद्यार्थी भएको बताए । अर्काको परीक्षा दिने क्रममा पक्राउ परेका केहीले आफूले मास्टर्स पास गरिसकेकाे पनि बताए ।
नक्कली परीक्षार्थीहरू केहीले आर्थिक प्रलोभनमा परेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले जनाएको छ । केही परीक्षार्थीहरू ट्यूसन सेन्टर र कोचिङ कक्षाका संचालकहरू पनि रहेको जनाइएको छ ।
१५ मिनेट पहिल्यै प्रश्नपत्र आउट
केराबारीको सार्वजनिक मावि परीक्षा केन्द्रमा बुधबार विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनु १५ मिनेट पहिल्यै बाहिरिएको खुलेको छ । स्रोतका अनुसार परीक्षा केन्द्रमा खटिएका शिक्षकहरूकै योजनामा मच्छिन्द्र माविका एक शिक्षकले विद्यार्थीबाट प्रश्न पत्र लिएर फोटोकपी गरेर वितरण गरेको जनाइएको छ । विद्यालय नजिकै फोटोकपी मेसिन राखेर प्रश्नपत्रको फोटोकपी भएको थियो । प्रश्नपत्र आउट भएको विषयमा समेत अनुसन्धान सुरु भइसकेको सुरक्षा स्रोतले जनाएको छ ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया