सलमान भन्छन् : ओटीटीमा सेन्सरसिप आवश्यक

मुम्बई- बलिउड अभिनेता सलमान खानले ओटीटी प्लेटफर्मममा सेन्सरसिपको आवश्यकता रहेको बताएका छन् । एक अवार्डको पत्रकार सम्मेलनमा उपस्थित सलमानले ओटीटीमा सेन्सरसिपको आवश्यकता औंल्याएका हुन् ।
‘मलाई लाग्छ कि ओटीटीमा सेन्सरसिप आवश्यक कुरा हो । गालीगलोज, अश्लीलता र अन्तरंग दृश्यमा प्रतिबन्ध लगाउनुपर्छ । १५ देखि १६ वर्ष उमेर बालबालिका पनि ओटीटी हेर्छन् । यदि तपाईंको छोरी छ र उसले यी सबै कुरा हेर्छ भने उसलाई कस्तो लाग्ला । मेरो बुझाईमा यसका लागि सेन्सरसिप आवश्यक छ,’ उनले भने ।
सलमान अघि कैयौं सेलिब्रेटीले पनि ओटीटीमा सेन्सरसिप हुनुपर्ने माग राख्दै आएका छन् ।सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ रिलिजको तयारीमा छ । फिल्म अप्रिल २१ मा रिलिज हुँदैछ ।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

प्रतिक्रिया