भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा गायक सिंह पक्राउ

मुम्बई- भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् ।
समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनीमाथि आत्महत्या दुरुत्साहनको विषयमा सोधपुछ गर्नेछ ।
समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर सिंहको खोजी गरिरहेको थियो । अब समर सिंहलाई अदालतमा पेश गरी ट्रान्जिट रिमाण्डमा वाराणसी ल्याउने तयारी भइरहेको छ । यस घटनाका दोस्रो अभियुक्त सञ्जय सिंह अझै पक्राउ परेका छैनन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आकांक्षा गत आइतबार उत्तर प्रदेशको सारनाथस्थित एक होटलको कोठामा मृत फेला परेकी थिइन् । मोडलबाट अभिनयको दुनियाँमा आएकी भोजपुरी नायिकाले आत्महत्या गरेको विषयमा प्रहरीले थप आशंका गरेको छ तर अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन ।
आकांक्षाले ‘कसम पैदा करने वाले की २, मुझसे शादी करोगी (भोजपुरी( र वीरों के वीर जस्ता धेरै क्षेत्रीय फिल्महरूमा काम गरेकी थिइन । उनले भोजपुरी म्युजिक भिडियो र फिल्ममा पनि काम गरेकी थिइन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया