ओलम्पिक छनोटः नेपाल र भियतनामबीचको दोस्रो लेग आज

काठमाडौँ- महिला ओलम्पिक फुटबलको एसिया छनोटअन्तर्गत नेपाल र भियतनामबीचको दोस्रो लेग आज हुँदैछ । एसिया छनोटको पहिलो चरणअन्तर्गत नेपाल र भियतनामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।
यसअघि भएको पहिलो खेलमा भने नेपालले ५-१ गोलको फराकिलो अन्तरको पराजय भोगेको थियो । त्यसैले दोस्रो चरणमा स्थान बनाउन नेपालले भियतनामलाई पराजित गरेर मात्र पुग्दैन, नेपालले गोलअन्तर पनि बढाउनुपर्ने हुन्छ ।
पहिलो खेलमा शानदार जित हात पारेको भियतनाम भने सोही नतिजालाई कायम गर्ने सोचमा घरेलु टिमविरुद्ध मैदान उत्रनेछ ।
समूह ‘सी’ अन्तर्गत अफगानिस्तान र प्यालेस्टाइनल नाम फिर्ता लिएपनि नेपाल र भियतनामबीच दुई खेलाइने भएको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया