सात खेल अगावै बर्नली प्रिमियर लिगमा बढुवा

काठमाडौँ- बर्नली पुनः इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसीपअन्तर्गत मिडलब्रोलाई २-१ पराजित गर्दै बर्नली प्रिमियर लिगमा बढुवा भएको हो ।
सात खेल अगावै बर्नली प्रिमियर लिगमा बढुवा भएको हो । २४ टोलीको सहभागिता रहेको च्याम्पियनसीपमा बर्नलीले ३९ खेलबाट ८७ अंक जोडेको छ । उसले तेस्रो स्थानको लटनसँगको अंक दूरी १९ अंकमा पुर्याएको छ । लटनले भने ६ खेल खेल्न बाँकी छ ।
च्याम्पियनसीपबाट २ टोली प्रिमियर लिगमा बढुवा हुने गरेका छन् । दोस्रो स्थानमा रहेको सेफिल्ड युनाइटेडको भने ७६ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया