संघीय सरकारमाथि मेयर बालेनको प्रहार : चीन र भारतले बनाएको सरकारको इज्जत गर्दिनँ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारमाथि खनिएका छन् । शनिबार बिहान फेसबुक एकाउण्ट र पेजमा फरक-फरक स्ट्याटस लेख्दै संघीय सरकारमाथि खनिएका हुन् ।
बालेनले आजदेखि सिंहदरबारको फोहोर नउठाउने आफ्नो पेजमार्फत सार्वजनिक गरेका थिए । 'आजबाट सिंहदरबारको फोहोर उठ्दैन' मेयर बालेनले फेसबुक पेजमा लेखेका छन् 'साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।'
त्यसैगरी उनले आप्नो फेसबुक एकाउण्टबाट सरकारको कुनै इज्जत नगर्ने बताएका छन् । 'इण्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन् म' मेयर बालेनले फेसबुक अकाउण्टबाट प्रश्न गरेका छन् 'नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?'
मेयर बालेनले केही समयअघिदेखि सरकारले असहयोग गर्दै आएको बताएका थिए ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया