कास्की जिल्ला अदालतका ११ जनामा कोभिड पुष्टि
पोखरा : कास्की जिल्ला अदालतका ११ जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ । एक जना न्यायाधीशसहित ११ जनाको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए । क्यान्टिनका एक जना गरी कुल १२ जना संक्रमित छन् ।
कास्की जिल्ला अदालतका ८१ जनाको स्वाब २३ वैशाखमा लिइएको थियो । केही कर्मचारीको स्वास्थ्य अवस्था बिग्रिएपछि स्वाब जँचाइएको थियो ।
अदालतको कामकारबाही भने १६ गतेबाट आंशिक रुपमा मात्रै चलेको छ ।
१५ वैशाखबाट लागू निषेधाज्ञामा अदालत ‘आशिंक’ रुपमा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार आशिंक रुपमा अदालत सञ्चालन गरिएको हो ।
अदालतले बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाई, बाल सुधार गृहका बालबालिका जिम्मा लिने निवेदनमाथिको कारबाही, पक्राउ पुर्जी अनुमति, म्याद थप, अभियोगपत्र दर्ता, बयान र थुनछेक बहस गरिरहेकोे छ । म्याद थपको काम भने अदालते भिडियो कन्फ्रेन्समार्फत गर्दै आएको छ ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया