सिन्धुपाल्चोकका कसजूलाई 'जनमत जनक प्रधान सेवा' सम्मान

काठमाडौं– सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित भएका छन् । काभ्रेस्थित जनमत वाङमय प्रतिष्ठानको ३९ औं वार्षिकोत्सवको अवसरमा ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट कसजूलाई सम्मान गरिएको हो ।
जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार तथा प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गरे । कसजू ४० को दसकदेखि साहित्य र पत्रकारितामा क्रियाशील छन् । सिन्धु साहित्यको विकास, संरक्षण र उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनी सम्मानित भएका हुन् ।
उनले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका थिए । दुःखी प्रकाशनमार्फत सर्जकहरुको साहित्यिक कृति प्रकाशन, नव सर्जकहरुका लागि प्रोत्साहन र संरक्षणको भूमिकामा कसजू लामो समयदेखि समर्पित छन् ।
गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्यसमेत रहेका कसजुको सम्पादकत्वमा सिन्धु सन्देश साप्ताहिक, सर्वपक्ष दैनिक, जुगल खबर अनलाईन सञ्चालन तथा प्रकाशन हुँदै आएको छ ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन दीपा जनमत सम्मानबाट , भगवती अर्याल नवलपुर गणेश÷खिलकुमारी दुवाल जनमत सम्मानबाट, रामकुमार पाँडे ललितपुर, हृदयचन्द्र – जनमत वरिष्ठ साधक सम्मानबाट, सुमित्रा सुमी नुवाकोट केवलपुरे – जनमत सम्मानलगायत २८ जना श्रष्टा विभिन्न सम्मानबाट सम्मानित भएका छन् ।

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

प्रतिक्रिया