भ्युटावरले चिनाउँदै दाङकाे बङ्गलाचुली
दाङ

देउखुरी - दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ ।
घोराही–१५ की सृजना वली पहिलो पटक बङ्गलाचुली घुम्न पुगिन् । उनले भनिन्, “बङ्गलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो । घुम्न अन्य जिल्ला जान्छौँ । तर आफ्नै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनाँै ।”
तुलसीपुर–१७ की अनिता शर्मा पनि पहिलो पटक बङ्गलाचुली घुम्न आइन् । उनले भनिन्, “यहाँ न गर्मी छ न जाडो, ठिक्कको मौसम छ ।” भ्युटावरबाट दाङका साथै छिमेकी जिल्ला प्यूठानका विभिन्न ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँसम्म पुग्न सडक कालोपत्र गनुपर्ने शर्मा बताउँछिन् ।
बङ्गलाचुलीमा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि रु दुई करोड २९ लाख खर्च भएको बङ्गलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयमार्पmत आर्थिक वर्ष २०७६/७७ मा रु ५० लाख र आव २०७७/७८ मा रु २० लाख, पर्यटन बोर्ड भैरहवामार्फत रु पाँच लाख तथा गाउँपालिकाको रु ४५ लाख खर्च भएको छ ।
बङ्गलाचुली उद्यान र भ्युटावरलाई व्यवस्थित गर्दै यसलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाउन आवश्यक छ । बजेट अभावका कारण आवश्यक संरचना निर्माण गर्न नसकिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको भनाइ छ । “सहरबजारको कोलाहलबाट मुक्त पाउन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्”, उनले भनेन ।
स्थानीय तहमा निर्माण गरिएका पर्यटकीय संरचना संरक्षण र व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारकको सहयोग आवश्यक रहेको पुन बताउँछन् । बङ्गलाचुली लेकबाट कञ्चनजङ्गा, धौलागिरि, माछापुच्छ«ेलगायतका हिमशृङ्खला देख्न सकिन्छ । चिसो हावापानी, स्वच्छ वातावरण, वरपर देखिने अग्ला पहाडले पर्यटकको मनै लोभ्याउने गर्छ ।
दाङ सदरमुकाम घोराही उपमहानगरपालिकाको ट्राफिक चोकदेखि ३० किलोमिटर दूरीको यात्रा गरेपछि बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटी बजार पुगिन्छ । मुर्कुटी बजारबाट दुई किलोमिटर कच्ची बाटो पार गरेपछि बङ्गलाचुली लेक अर्थात् बङ्गाचुली भ्युटावर पुग्न सकिन्छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया