पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा विभिन्न विधाका पुरस्कार प्रदान

काठमाडौं- पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्ने विभिन्न पुरस्कार, सम्मानपत्र तथा मानार्थ सदस्यता आज एक विशेष कार्यक्रमका बीच वितरण भएको छ । पद्मकन्या क्याम्पसको डेनिस हलमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बरालले गरेका थिए ।
कार्यक्रममा 'पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार' साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिएको थियो भने 'तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान' शोभा दुलाललाई, नील-गङ्गगा भाषा साहित्य पुरस्कार तथा सम्मान' शरदचन्द्र वस्तीलाई, 'पद्मावती गीत, संगीत पुरस्कार तथा सम्मान' हरिदेवी कोइरालालाई प्रदान गरिएकाे थियाे ।
यस्तै 'शुक्रमन्दिर लोक साहित्य पुरस्कार तथा सम्मान' सत्यकला राईलाई, 'कृष्णलाल/गोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान' छेवाङ्ग तेन्जिङ लामालाई, 'परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान' खेमनाथ दाहाललाई र 'पुष्पपराग युवा साहित्यकार सम्मान' डिल्लीप्रसाद मूल्तिहूनलाई प्रदान गरिएको थियाे ।
साहित्यमा योगदान गरेबापत प्रत्येक वर्ष एक जना व्यक्तिलाई मात्र दिइने मानार्थ सदस्य भने यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिएको छ ।
पुरस्कार छनोट समितिले पुरस्कृत तथा सम्मानित हुने व्यक्तित्वहरू छनौट गर्दा गैर राजनीतिक, निर्विवादित, निष्पक्ष र स्थापित सर्जकहरूको राय सल्लाह लिएको, पुरस्कृत तथा सम्मानित व्यक्तिहरूकाे छनौट गर्दा विभिन्न तह पार भएको र जसको अंकभार बढी आएका व्यक्तिहरूलाई पुरस्कार दिएर सम्मान गरेको संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. प्रदीपकुमार मैनालीले बताए ।
पुरस्कार लेनदेनमा गुटबन्दी हुने, साटासाट गरिने, किनबेच हुने जस्ता बिकृती फैलिएको अवस्थामा पुष्पपराग साहित्य प्रतिष्ठानले अत्यन्तै पारदर्शी र विवेकपूर्ण ढंगले काम गरेको र यस संस्थाबाट अरू संस्था लगायत सरकारले समेत सिक्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बरालले प्रष्ट पारे ।
पुरस्कृत साहित्यिक स्रस्टाहरूको व्यक्तित्व चर्चा डा. अम्बिका अर्याल र डा. जीवन जिवन्तले गरेका थिए भने गीत/संगीतमा योगदान दिने कलाकारको योगदान बारेमा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले प्रकाश पारेका थिए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_huiddz79oS_frrolo4eqakxv5mwjtz0smrx1thziyzegyudvqdsx7jograaa1trqrvi2zzy.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया