आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

अडियाे काण्डमा मुछिएका श्रेष्ठलाई रास्वपाले माग्याे २४ घण्टे स्पष्टीकरण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर छानबिन पूरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

विज्ञप्ति :