राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौँ- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
नवौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै सोमबार चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा एमाले युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समीक्षा गर्दै युवालाई सामाजिक रूपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताए ।
उनले राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने दाबी गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले महाधिवेशनले नेतृत्व चयनमात्रै नभइ युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिए ।
महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले प्रतिनिधिको चाहना र भावना अनुसार अघि बढ्ने बताए । महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू सहभागी हुने आयोजकले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया