दलहरूको झण्डा, नाम र चुनाव चिह्नले मान्छे छुन सकेन : रवि लामिछाने

बारा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापित भनिएका पार्टीको झण्डा, नाम, चुनाव चिह्न गाउँ-गाउँसम्म पुगे पनि पार्टीको नारा विचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताएका छन् ।
आइतबार बारा क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरू देश भात्र नभइ विदेशमा फैलिए पनि त्यस्ता पार्टीहरूले आम मान्छेलाई छुन नसकेपछि आफूहरू उपस्थित भएको बताए ।
घण्टी बजाएर थालिएको राजनीतिक विद्रोह मुलुकलाई ट्रयाकमा ल्याउन युवाहरूको विद्रोह भएकोले घण्टीको पवित्रता नै भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामिछानेले बताए ।
एक फरक प्रसङ्गमा लामिछानेले राजनीतिक दलहरूले आफू भित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिई कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आफू निकट टिकेलाई उम्मेदवार पठाउने र दल मिलेर जिताउने सिन्डिकेट बनाएको प्रति जनता सचेत बन्नुपर्ने बताए ।
मधेशी नेताहरूले यहाँका मुद्दालाई प्रचार गर्ने र भजाउने आधार बनाउँदै आएको स्थानीयले बुझिसकेकाले अब मधेशी जनता कसैले झुक्याउन नसक्ने बताउँदै लामिछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहेको जानकारी गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासका लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुनु वा बाहिरको हुनुले खास फरक नपर्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापतिसहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया