सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

काठमाडौं - मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच सोमबार पनि वार्ता हुन लागेको हो ।
संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभएपछि सोमबार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद्काे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।
पहिलो दिनको वार्तामा सहमति हुन नसकेपछि पुनः सोमबार वार्तामा बस्ने उनले जानकारी दिए ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया