आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

कामको औचित्य पुष्टि हुनेगरी समन्वय गर्न काठमाडौं महानगरलाई गृहमन्त्रीको आग्रह

काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुनेगरी समन्वय गर्न काठमाडौं महानगरलाई आग्रह गरेका छन् । सोमबार चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको भन्दै कामको औचित्य पुष्टि हुने गरी र तथ्य रूप दिनेगरी समन्वय गर्न काठमाडौं महानगरलाई आग्रह गरेका हुन् ।

काठमाडौं महानगरका प्रमुखका बारेमा व्यक्तिगत रूपमा कुनै टिप्पणी नगर्ने भन्दै उनले बिना कारण बल प्रयोग गर्न अनुरोध मात्रै गर्न जानकारी दिएर नहुने स्पष्ट पारे। उनले स्थानीय तहको कार्यक्षेत्रमा केन्द्र सरकारले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे ।