आगामी आर्थिक वर्षको बजेट नयाँ र गुणात्मक रुपमा ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विगतको भन्दा भिन्न र गुणात्मक रुपमा ल्याउन लागिएको बताएका हुन् ।
उनले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताए । उनले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने बताए ।
‘नेपाल सरकार आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ । परम्परागत सोँच नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव छैन भन्ने कुरामा सरकार स्पष्ट भएको छ । सरकारले यसपट विगतभन्दा भिन्न, विगत भन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरु अगाडी बढाउने गृहकार्य गरिरहेको छ । ताकी जसबाट देशको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्' उनले भने 'भविष्यमा आउने सरकारहरु समेतले त्यसबाट प्रेरणा लिन सकुन् । नीति कार्यक्रम र बजेट परम्परागत नहोस् । गुणात्मक होस् । परिणाममुखि होस् । र यसले सार्वजनिक र नीजि क्षेत्रको सहकार्यलाई गुणात्मक रुपले नयाँ ठाउँमा उठाउन सकोस् । जनताको अपेक्षा सम्बोधनमा यसको प्रकृति पहिलाको भन्दा फरक होस् । नयाँ होस् भन्ने मैले सोचिराखेको छु ।’
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको बताए । उनले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको बताए । उनले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रुपमा लिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाउनको निम्ति पनि आफूले प्रयास गरिरहेको बताए ।
‘अर्थतन्त्रका आधारभुत सुचकहरु प्रारम्भिक रुपमा सकारात्मक देखिएका छन् । गएको सय दिनमा कम्तिमा पनि अर्थतन्त्रमा केही सकारात्मक संकेतहरु छन् । जसरी भन्ने गरिएको छ, संकट छ भनेर अलि बढी नै भन्ने गरिएको छ । त्यस्तो स्थिति देशको अर्थतन्त्रको होइन । विदेशी मुद्राको सञ्चितिको हिसावले हामी दश महिनाभन्दा बढीलाई पुग्ने सञ्चिति हामीसँग छ । यो सकारात्मक र उत्साहप्रदक स्थिति नै हो । राजश्व संकलनमा चुनौति छन् । तर गएको तिन महिनाको रेकर्ड हेर्ने हो भने हामी बिस्तारै प्रगतितिर अगाडी बढिरहेका छौँ । धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन । चोरी पैठारी रोक्नेदेखि अन्य सबै उपायहरु अवलम्वन गरिएको छ' उनले भने 'बैंक ब्याजदर घटाउने बारेमा मैले राष्ट्रबैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयको बीचमा लगातार बैठक गरेको छु । बिस्तारै बैंकको ब्याजदर घट्ने क्रमतिर जादैछ । अहिले आतंकको स्थिति छैन । तर यसो भन्नुको अर्थ सबै समस्या समाधान भयो अब ढुक्क भए हुन्छ भन्ने चाहीँ होइन । अहिलेपनि अर्थतन्त्रमा जटिलताहरु छन् । हामीले केही गम्भिर प्रयास गर्नुपर्ने आवश्यकता छ ।’
प्रधानमन्त्री प्रचण्डले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया