प्रतिनिधि र प्रदेश सभा सदस्य संख्या कटौती गर्न सांसद देवकाटाकाे प्रस्ताव

काठमाडौँ- राष्ट्रिय सभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधि सभालाई १६५ र ५५० जनाको प्रदेश सभालाई ३३० बनाउनुपर्ने बताएका हुन् संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।
उनले भने, ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन । र, १६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौँमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्यो चाही धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन ।’
सांसद देवकोटाले काठमाडौँमा धेरै वटा निर्वाचन क्षेत्र भएको पनि बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरे ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया