मिटरब्याज पीडितहरूको समस्या समाधानबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग

काठमाडौँ- राष्ट्रिय सभाका नेकपा एमालेकी सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितहरूको समस्या समाधानबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छन् ।
मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसद्लाई सोबारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाइ छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि आफूहरूले पनि संसद्मा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि बताइन् ।
सांसद पौडेलले भनिन्, ‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडितहरू काठमाडौँमा आउनुभयो । धर्ना बस्नुभयो । सरकारलाई दुःख पनि देखाउनुभयो । सांसदहरूसँग पनि भेटनुभयो । हामीले संसद्मा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अब के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटि भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’
सांसद पौडेलले मिटरब्याज पीडितहरूको दुःखमा साथ दिने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताइन् ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया