जनकपुरधाममा थप तीन संक्रमितको मृत्यु
भेन्टिलेटर अभावमा छटपटाउँदै बिरामी

जनकपुरधाम : प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरधाममा तीन जना कोभिड संक्रमितको मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवका अनुसार मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् ।
जनकपुरधाम-२३ लादोबेलाकी ४२ वर्षीया एक महिला, जनकपुरधामकै ६५ वर्षीय एक पुरुष र वीरगंजका ४५ वर्षीय एक पुरुष गरी तीन जनाको उपाचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोभिड अस्पतालमा उनीहरुलाई भर्ना गरिएको थियो । मृतकमध्ये महिलालाई भर्ना भएदेखि नै भेन्टिलेटरको आवश्यकता रहेपनि समयमा भेन्टिलेटर उपलब्ध हुन नसक्दा मृत्यु भएको डा. यादवले बताए ।
'अस्पतालमा पाँच वटा भेन्टिलेटर छन । तर त्यसमध्ये दुई वटा मात्रै संचालनमा छन् । ती भेन्टिलेटर खाली नभएको कारण दुई दिनपछि आज भेन्टिलेटरमा राख्दा पनि महिलालाई बचाउन सकिएन', उनले भने ।
त्यस्तै, जनकपुरधामका पुरुषलाई पनि समयमा भेन्टिलेरमा राख्न नसक्दा मृत्यु भएको उनले बताए । वीरगंजका पुरुषको अक्सिजन लगाएर उपचार गर्दा पनि ज्यान बचाउन नसकिएको डा. यादवले बताए ।
कोभिड अस्पतालमा हाल ३२ जना संक्रमितको उपचार भइरहेको छ । पाइपलाईनबाट अक्सिजन दिन सक्ने गरी कोभिड अस्पतालले ४१ वटा बेड तयारी अवस्थामा राखेको छ भने संघीय सरकारबाट मगाइएका आठ वटा भेन्टीलेटरको जडान कार्य जारी रहेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया