३० वर्षपछि फेरि हलमा रिलिज हुँदै तेस्रो ‘गडफादर ’

लसएन्जल्स: अबको ठिक एक महिनापछि ‘गडफादर ३’ रिलिज भएको ३० वर्ष पुग्छ । विश्वका उत्कृष्ट फिल्मको सूचीमा सधैं एक या दुई नम्बर ओगट्दै आएको फिल्मको पहिलो र दोस्रो भागले जति माया र प्रशंसा पाएका थिए त्यति तेस्रो भागले पाउन सकेको थिएन । माया के टन्न गाली नै खाएको थियो । यही गाली सम्झेर ३० वर्षपछि लेखक मारिया पुज्जो र निर्देशक फ्रान्सिस फोर्ड कपोलाले यसको नयाँ भर्सन तयार गरेका छन् ।
कपोलाले काटकुट पारेर तयार भएको नयाँ फिल्मको मंगलबार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । जसअनुसार फिल्म अब अमेरिकाका छानिएका सिनेमा हलमा डिसेम्बर ४ देखि प्रदर्शन हुनेछ । दुई तीन महिना अघि नै कपोलाले आफूले नयाँ भर्सनमा काम गरिरहेको र फिल्म हलमा पनि रिलिज हुने जानकारी गराएका थिए । खाली मिति तोकिएको थिएन । तर, नयाँ ट्रेलरसँगै ब्लु रे भर्सन र डिजिटल रिलिजको पनि मिति तोकिएको छ । फिल्म ब्लु रे र डिजिटल फम्र्याटमा डिसेम्बर ८ देखि उपलब्ध हुनेछ ।
कपोलाले फिल्मको सुरुवात र अन्त्य परिवर्तन गरेको जनाएका छन् । ‘केही सिन रिअरेन्ज्ड गरिएको छ भने केही सट र म्युजिक पनि तलमाथि गरिएको छ,’ कपोलाले भनेका छन्, ‘ केही फुटेज र साउन्डमा काम गरेपछि बल्ल फिल्म अघिल्ला भागको निष्कर्ष जस्तो भएको छ । फेरि काम गर्न दिएकोमा प्यारामाउन्टलाई धन्यवाद छ ।’ फिल्मलाई यो स्वरुपमा ल्याउन ६ महिनाको समय लागेका थियो । फिल्म अब ‘मारिया पुजो'ज गडफादर कोडा, दि डेथ अफ माइकल कोर्लिएन’ शीर्षकमा रिलिज हुनेछ ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया