पेट्रोल छर्केर शरीरमा आगो लगाएर हत्या गरेको आरोपमा पक्राउ
जनकपुरधाम : आगो छर्केर हत्या गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक साताअघि आफ्नो छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ३५ वर्षीय शिवजी साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
वैशाख २० गतेका दिन आफ्नो घर अगाडिको आँपको बगैंचामा बसिरहेको बेला ५८ वर्षीय शियाशरण रायलाई शिवजी रायले सामान्य विवादका कारण पेट्रोल छर्की आगो लगाएका थिए ।
घटनामा घाइते भएका शियाशरणको उपचारका लागि धनुषाको लालगढस्थित मोडल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव हुन नसक्दा काठमाडौस्थित कीर्तिपुर अस्पताल लगिएको थियो । कीर्तिपुरमा उपचारको क्रममा वैशाख २१ गते नै उनको मृत्यु भएको प्रवक्ता कुँवरले बताए ।
घटना पश्चात फरार भएका साहलाई मलंगवा नगरपालिका-५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता कुँवरले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_Qm9i0dWq25_pxxekkulrmfywmly1xjmgqr6eyudzak3pbzdefwuhsjjyrmiscfg5jgkivya.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_gDyvn9W7LB_xzm1abugyvx3uq1fl3lda0gdkjnodfmujmau2pxaczo7f0sg0tkto7mdhqfq.jpg)
प्रतिक्रिया