रात्री बजारका लागि वीरगञ्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने

पर्सा- वीरगञ्ज–रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको 'रात्रि बजार'का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन लागिएको हो ।
राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगञ्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगञ्ज नाका चौबिसै घण्टा खुला रहने छ ।
सो बारेमा जानकारी दिदै नगर प्रमुख सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो । उनका अनुसार बिरगञ्जलाई दिर्घकालिन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने वारेमा रात्रीकालिन बजारले मार्गचित्र दिनेछ ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया