बिस्केट जात्रा : भैरवनाथको रथलाई भक्तपुरको गःहिटी पुर्याइयाे

भक्तपुर- बिस्केट जात्राका लागि तानिएको भैरवनाथको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुर्याइएको छ ।
साेमबार सुरु भएको जात्रामा भैरवको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुर्याइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् । आठ रात र नौ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो ।
प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पुर्याएका थिए । रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया