संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माओवादी केन्द्रकाे माग

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको छ । सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउनका लागि साे माग गरेको हो ।
बैठकले संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई पनि छिटो पारित गर्नका लागि माग गर्ने निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकहरू अघि बढाउदा प्रतिपक्षीसहितका दलहरू सहमति खोज्नुपर्नेमा जोड दिएका थिए । संक्रमणकालीन न्यायका विषयमा पनि शीर्ष तहमा छलफल गरेर समझदारी गरेर जाने तयारी भइरहेको पनि प्रधानमन्त्रीले बताएको पाण्डेले बताए ।
संसदीय दलको बैठकले दलको विधान परिमार्जनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई एक महिनाभित्रै संशोधनसहितको आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रमुख सचेतक पाण्डेले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया