बुटवलमा कोभिड संक्रमितको मृत्यु

बुटवल : बुटवलस्थित कोभिड-१९ बिशेष अस्पतालमा उपचाररत बुटवल-७ का एक जना कोभिड संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-७ का ४० वर्षीय पुरुषको आज बुधबार बिहान मृत्यु भएको हो । कार्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएकै दिनबाट कोरोना बिशेष अस्पतालमा भर्ना भई उपचाररत उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । मृतकमा कोभिडको गम्भीर संक्रमणसहित अत्याधिक मोटोपनाको समस्या पनि रहेको अस्पतालले जनाएको छ । उनको मृत्यु भएसँगै रुपन्देहीमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया