अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि बृहत् राष्ट्रिय विमर्श गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका सूचकहरूमा देखिन थालेको सुधारलाई गति दिन निजी क्षेत्र, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार र अर्थविद्हरूको सहभागितामा वृहत् राष्ट्रिय विमर्श गरी रोडम्याप बनाउनुपर्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने समेत बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले अबको महासंघ नेतृत्वको रुपमा पाँच वटा प्राथमिकता रहेको समेत उल्लेख गरे । वृहत् राष्ट्रिय विमर्श आयोजना गरी अर्थतन्त्रका समस्या समाधानको रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने र व्यवसायीको मनोबल उच्च बनाउन राज्यको मर्यादा क्रममा निजी क्षेत्रको स्थान निर्धारणको एजेण्डालाई महासंघले प्राथमिकता साथ अघि बढाउने ढकालले उल्लेख गरे ।
वरिष्ठ उपाध्यक्ष ढकालले हरेक प्रदेश र जिल्लामा ठूलाठूला नमुना आयोजना छनौट गरी त्यस्ता आयोजनामा स्थानीय, राष्ट्रिय र वैदेशिक लगानीको साझेदारीका लागि आह्वान समेत गरेका छन् ।
लगानी विस्तार, उद्यम सृजना र रोजगारीको महा–अभियानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको पूर्ण सहयोग र साथको अपेक्षा राखेको पनि उनले उल्लेख गरे ।
ढकालले उद्योगी व्यवसायीहरूलाई राज्यको मर्यादा क्रममा समेट्ने प्रधानमन्त्रीको आश्वासनलाई महासंघतर्फबाट स्वागत समेत गरे । मर्यादाक्रम निर्धारणबाट सम्पूर्ण निजी क्षेत्र धेरै उत्साहित हुने र निजी क्षेत्रमा सकारात्मक सन्देश पनि प्रवाह गर्ने पनि ढकालले बताए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले मर्यादाक्रम सम्बन्धी महासंघको धारणा पनि प्रधानमन्त्री समक्ष हस्तान्तण गरे । वरिष्ठ उपाध्यक्ष ढकाल यही ५७ औं साधारण सभाबाट नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नेछन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया