खनाल-नेपाल समूहको बैठक बस्दै : आउला त सामूहिक राजीनामा ?

काठमाडौँ : नेकपा एमालेको खनाल-नेपाल समूहको बैठक आज साढे ९ बजे बस्दैछ । बैठकमा आज संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन उक्त समूहले आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । खनाल-नेपाल समूहले ओलीलाई दिएको समयसिमा सकिएको छ ।
सर्वोच्च अदालतको आदेशले दुईवटा पार्टीको एकतालाई भंग गरेपछि पार्टीलाई पूर्ववत रुपमा नै संञ्चालन गर्नुपर्ने अडान लिँदै आएको खनाल-नेपाल समूहले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको केपी शर्मा ओलीको प्रतिबद्धता खोजेको हो ।
खनाल-नेपाल समूहले सामूहिक राजीनामा दिने वा फ्लोर क्रस गर्ने निर्णय लिने उक्त समूहका नेता तथा सांसद विरोध खतिवडाले बताए । सांसद खतिवडाले यदि ओली नसच्चिए सबै सांसद जम्मा भएर सामूहिक राजीनामा दिने दाबी गरे ।
खनाल-नेपाल समूहका सांसदको आइतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धताका लागि आज बिहान साढे ९ बजे सम्मको समय दिएको हो ।
नेता योगेश भट्टराईले साढे ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षले आफूहरुको मागका सम्बन्धमा प्रतिबद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिएका थिए । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ । नेता भट्टराईले अध्यक्षबाट प्रतिबद्धता आए बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्ने र प्रतिवद्धता नआए कठोर निर्णय गर्ने बताएका थिए ।
ओलीले आफ्नो दायित्व र जिम्मेवारी पुरा नगरेको उक्त समूहको निष्कर्ष छ । ‘आइतबार मात्रै उहाँले एउटा वक्तव्य दिनुभएको छ र पार्टीको एउटा पक्षलाई लाञ्छित गर्ने खालको शब्द वक्तव्यमा समावेश गर्नुभएको छ,’ उनले भने, ‘त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ र पार्टी अध्यक्षलाई फेरि पनि एकताको पक्षमा गम्भीरताका साथ आगाडि बढ्न ध्यानाकर्षण गरेका छौँ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया