बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

सगरमाथाको हिमपहिरोमा ३ जना बेपत्ता

फाइल तस्बिर

काठमाडौँ- सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परी बेपत्ता भएका छन्।  बुधबार बिहान साढे ९ बजे हिमपहिरोमा परी ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। 

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ। हिमपहिरोमा परी बेपत्ता भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले घटनाको पुष्टि गरका छन् ।  उनका अनुसार बेपत्ता हुनेमा डा. छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन् ।

उनीहरू बेस क्याम्प १ को भागबाट बेपत्ता भएका हुन् ।