'यी हुन् प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने चार कारण'

काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्नुपर्ने कारणहरू खुलस्त पारेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद्को विशेष अधिवेशन बस्नुअघि ओलीलाई विदाई गर्नुपर्ने भट्टराईले चार कारण खुलाएका हुन् ।
'ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारण: १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, २. संविधान विपरित संसद् विघटन गरेर र २/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३. संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको, ४. खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको' भट्टराईले लेखेका छन् ।
ओलीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ । संसद्मा सबैभन्दा ठूलो ओलीकै दल एमालेसँग १२१ सांसद छन् ।
ओलीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । कांग्रेसको ६१ सांसद छन् भने माओवादीको ४९ सांसद छन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना ३२ सांसदलाई स्वतन्त्रत्रता दिएको छ । महन्थ ठाकुर समूहले ओलीलाई विश्वासको मत दिने तयारी छ भने डा. बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले ओलीलाई विश्वासको मत नदिने बताइएको छ ।
ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!
— Baburam Bhattarai (@brb1954) May 10, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया