हेटौंडामा शव जलाउने विद्युतीय मेसिन राखिने
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा शव जलाउने विद्युतीय मेशिन जडान गरिने भएको छ । हेटौंडा उपमहानगरपालिकाले आउँदो असारभित्रै विद्युतीय माध्यमबाट शव जलाउने मेशिन खरिद गरिसक्ने जनाएको छ । उपभोक्ता समितिमार्फत मेशिन खरिद प्रक्रिया अघि बढिसकेको उपमहानगरका प्रवक्ता जगन्नाथ सापकोटाले बताए ।
यता हेटौंडा-१० स्थित राप्ती पुलमुनि शव दाह गर्ने स्थानमा मेशिन जडान गर्नको लागि फिनिसिङ कार्य हुन सकेको छैन । गोरक्षेश्वर क्षेत्र विकास समितिका उपाध्यक्ष विजेन्द्र अग्रवालका अनुसार कोभिड-१९ संक्रमितको शव जलाउन थालेपछि मजदुरले काम गर्न मानेका छैनन् । शव जलाउने मेशिन राख्न फिनिसिङ गर्नुपर्ने हुन्छ, त्यो अहिले रोकिएको छ ।
हेटौंडाको राप्ती पुलमूनि कोभिड सङ्क्रमित र संक्रमित नभएकाहरुको शव एकै स्थानमा जलाइँदै आएको छ । गोरक्षेश्वर क्षेत्र विकास समितिले शव जलाउन दाउरा उपलब्ध गराउँदै आएको छ । क्षेत्र विकास समितिले १० टन दाउरा स्टक राख्ने गर्दछ । दाउराबाट एक शव जलाउन ३ देखि ४ टन दाउरा लाग्ने गरेको अग्रवालले बताए । तर विद्युतीय मेशिन जडान भएपछि एक टन दाउराले शव जलाउन पुग्ने उनको भनाई छ ।

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै

प्रतिक्रिया