बुटवलमा थप तीन जना संक्रमितको मृत्यु

बुटवल : बुटवलस्थित कोभिड विशेष अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । कोभिड विशेष अस्पतालमा उपचाररत दाङ, कपिलवस्तु र रुपन्देहीका तीन जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख १७ गते विशेष अस्पताल भर्ना भएका बनगाई कपिलवस्तुका ४३ वर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको छ भने बैशाख १८ गते अस्पताल भर्ना भएका दाङ तुलसिपुरकी ३७ वर्षिया महिलाको आईतबार १० बजे मृत्यु भएको छ ।
त्यसैगरि बैशाख २३ गते अस्पताल भर्ना भएका तिलोत्तमा २ का ५६ वर्षिय पुरुषको पनि आईतबार राती पौने १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
अस्पतालमा अहिले पनि १० बढी गम्भीर अवस्थाका संक्रमितहरु रहेको अस्पतालले जनाएको छ । कोभिड विशेष अस्पतालसहित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनीक, इमर्जेन्सी वार्ड सहित इमर्जेन्सीको खाली स्थानमा समेत संक्रमितहरुको उपचार भईरहेको छ ।

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

प्रतिक्रिया