आगलागी हुँदा दुई घरहरू नष्ट

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका- ७ चल्ती भन्ने स्थानमा भएको आगलागीबाट २ वटा घर नष्ट भएको छ ।
गएराति पौने १२ बजे ५५ वर्षीय कृष्णबहादुर खत्रीको ढुङ्गा माटोले बनेको २ तले कच्चि घरमा बिजुलीको तार सट भई आगलागी भएको इलाका प्रहरी कार्यालय दामनले जनाएको छ ।
खत्रीको घरमा लागेको अनियन्त्रित भइसँगै जोडिएर बनाइएको कृष्णका भाई ४० वर्षीय राजकुमार खत्री घरमा समेत आगो लागेको थियो । इप्रका दामनमा प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीकाअनुसार झण्डै ३ घण्टा लगाएर दमकलको सहायताले आगो निभाइएको थियो ।
आगोलागीबाट घरलगायत घरमा रहेको सामानहरू पुर्ण रुपमा नष्ट भएको बताइएको छ । तर मानविय तथा चौपाय क्षेति नभएको कोइरीले बताए ।
आगलागीबाट कृष्णबहादुर खत्रीको चार लाख नगदसमेत गरी कुल १९ लाख बराबरको क्षति भएको र राजकुमार खत्रीको १ लाख ५० हजार नगदसहित १६ लाख ५० हजार बराबरको क्षति भएको ईप्रका पालुङले जनाएको छ ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया