विमान चार्टर गरेर नयाँ वर्षको पूर्वसन्ध्यामा चिनियाँहरू नेपाल भ्रमणमा

काठमाडौँ- नेपाली नयाँ वर्षमा घुम्नका लागि विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नेपाल आएका छन् । बिहीबार हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले नेपाल र चीनको झण्डा बोकेका थिए ।
उनीहरूलाई त्रिभुवन विमानस्थलमा उनीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ स्वागत गरेका छन् । उनीहरूलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो ।
'नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो । महामहिम छेन् सङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले भने 'भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ । मलाई बिश्वास छ,यो दशक नेपालीहरूको लागि सुख र समृद्धिको दशक बन्नेछ ।'
पर्यटन मन्त्रालयका अनुसार ७ सय जना चिनियाँ नागरिकहरू नेपाल भ्रमणमा आउँदैछन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया